फाइल तस्वीर
अफ्रिकी मुलुक बुर्किना फासोको सेनाले देशको उत्तरी साहेल क्षेत्रबाट बाली जम्मा गर्ने बटुल्ने क्रममा इस्लामिक चरमपन्थीहरूले यसै महिनाको सुरुमा अपहरण गरेका ६६ जना महिला र बालबालिकालाई मुक्त गरेको छ ।

राष्ट्रिय प्रसारक आरटीबीका अनुसार सशस्त्र बलले मध्य–उत्तर क्षेत्रमा सैन्य कारबाहीका क्रममा बन्धकहरूलाई फेला पारेको थियो । उक्त समूहमा चार शिशुसशित ३९ जना बालबालिका रहेका बताइएको छ ।

गत जनवरी १२ र १३ मा इस्लामिक अतिवादीहरूले अपहरण गर्दा उनीहरू सौम प्रान्तको अर्बिन्डा शहर नजिकै जङ्गलमा फलफूल टिप्न गएका थिए ।

अरबिन्दा शहर वर्षौंदेखि जिहादी नाकाबन्दीको चपेटामा परेको छ, जसले गर्दा महिलाहरूले देश छोड्न खोजेमा आक्रमणको चपेटामा पर्ने खतरा बढेको अधिकारवादी समूहहरूले बताएका छन् ।

अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित जिहादी हिंसाले बुर्किना फासोमा हजारौंको ज्यान लिइसकेको छ भने पश्चिम अफ्रिकी राष्ट्रमा करिब २० लाख मानिस विस्थापित भएका छन् ।

सन् २०२२ मा दुई पटक सैन्य कू भएको र युद्ध रोक्न एकपछि अर्को सरकारहरू असफल भइरहँदा व्यापक असन्तोष पैदा भएको छ । गत सेप्टेम्बरमा सत्ता कब्जा गरेको सैन्य प्रशासनले सुरक्षा पुनस्र्थापित गर्ने वाचा गरेपनि अहिले पनि हिंसा रोक्न सङ्घर्ष गरिरहेको छ ।