फाइल तस्वीर
साउदी अरेबियाको रियादस्थित किङ फाद स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा स्टार खेलाडीले भरिएको पिएसजीले सङ्र्घषपूण जीत निकालेको छ । पिएसजीले साउदी अरेबियाको रियाद अल–स्टार्स ११ लाई हराएको हो ।

विश्व फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी मानिने अर्जेन्टिनी स्टार लियोनल मेसी र पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध दुई टिमको खेलमा पिएसजीले जित निकालेको हो । मैत्रीपूर्ण खेलमा आमुन्नेसामुन्ने भएर भएर भिडेका यी दुवै स्टारले आ–आफ्नो टिमको लागि गोल गर्न चुकेनन् । यी दुई स्टारको भिड्न्तमा बाजी भने मेसीले मारे, अर्थात् उनी आवद्ध टिम पिएसजीले मैत्रीपूर्ण खेलमा जित निकाल्यो ।

क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियामा आफ्नो पहिलो खेलमा २ गोल गरे पनि मैत्रीपूर्ण खेलमा साउदीको अल स्टारलाई जित दिलाउन भने सकेनन् । उनको दुई गोललाई छायामा पार्दै मेसीको पिएसजीले रोमाञ्चक जित निकाल्न सफल देखियो ।

सुरुवाती खेलको तेस्रो मिनेटमा नै नेमारको पासलाई सदुपयोग गर्दै विश्वकप विजेता टिम अर्जेन्टिनाका स्टार लियोनल मेसीले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको खेल मध्यान्तर तिर धकेलिंदै गर्दा ३४ औं मिनेटमा रियाद अल–स्टार्स ११ मा अनुबन्धित क्रिष्टियानो रोनाल्डोले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्याए ।

मैत्रीपूर्ण खेलको मध्यान्तर हुनुअघिको ३९ औं मिनेटमा पिएसजीका जुवान बर्नाट रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा टिम १० खेलाडीमा समेटिएको पिएसजीका लागि मार्किन्होले एम्बाप्पेको पासमा ४३ औं मिनेटमा गोल गर्दै पुनः पिएसजीलाई २–१ को अग्रता दिलाए । मध्यान्तर अघिको खेल सकिने अन्तिम समयमा रियाद अल–स्टार्स दोस्रो गोलगर्दा मध्यान्तर अघिको खेल २–२ गोलमा सकियो ।

त्यसअघि पिएसजीले पाएको पेनाल्टीलाई ब्राजिलियन स्टार नेयमारले सदुपयोग गर्न नसक्दा मध्यान्तरको खेल बराबरीमा रोकिन पुगेको थियो । स्टार खेलाडी समेटेर तयार गरिएको साउदीको अल–स्टार्स र पिएसजीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक रह्यो ।

मध्यारन्तर पछिको खेलमा पिएसजीका फ्रान्सेली स्टार एम्बाप्पेको एसिस्टमा सर्जियो रामोसले गोल गर्दै आफ्नो टिमलाई पुनः अग्रता दिलाए । अल–स्टार्सका जङ्ग ह्युन सोले ५६ औं मिनेटमा गोल गर्दै पिएसजीसँगको खेललाई ३–३ गोलको बराबरी अवस्थामा ल्याए ।

निकै प्रतिस्पर्धात्मक उक्त मैत्रीपूर्ण खेलको ६० औं मिनेटमा पिएसजीले एम्बाप्पेको पेनाल्टीमार्फत् गोल गर्दै खेललाई ४–३ को गोलको अग्रतामा पुराउन सफल भयो । पिएुसजीका लागि खेलको ७८ औं मिनेटमा एकिटिकले गोल गर्दै ५–३ को अग्रता कायम गर्दै आफ्नो टिमको विजय सुनिश्चित् गर्न लागे ।

खेल सकिन अन्तिम समयमा पिएसजी सम्हालिन नसक्दा साउदी टिमका लागि टस्लिस्काले गोल गर्दै गोलको अन्तर त घटाए । घरेलु मैदानमा भएको खेलमा साउदी टिमले जित निकाल्न भने सकेन । मैत्रीपूर्ण खेल पिएसजीले ५–४ गोलको अग्रतामा जित्न सफल भयो ।