सिमकोट – हुम्लामा हिजो बिहीबार बेलुकीदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टकर भएको हो ।

अत्याधिक चिसोका कारण सदरमुकाम सिमकोटमा आज बिहानैदेखि चहलपहल समेत घटेको छ । हुम्लामा यसअघिका वर्षहरुमा मङ्सिरदेखि नै हिमपात हुने गरेको थियो। स्थानीयवासीका अनुसार उच्च हिमाली भेग लगायत जिल्ला सदरमुकाममा बाक्लो हिमपात भएको छ । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन् ।

सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समेत समस्या भएको छ । हिउँका कारण बाहिर हिडडुल गर्न समस्य परेको स्थानीयहरुको भनाई छ ।