काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार १ सय ५९ नमूना परीक्षण गर्दा ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ सय ६४ जनामा र एन्टीजेन विधिबाट ६ सय ९५ जनाको परीक्षण गर्दा ५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमित निको भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।