काठमाडौं — साताको छैटौं दिन आज बिहीबार सेयर बजार परिसूचक नेप्से ५ दशमलव ७१ अङ्कले बढको छ । दिनभर उतारचढाव भएको बजार अन्तिममा बढेको हो । सेयर बजार २१७८ दशमलव ८१ बिन्दुमा पुगेर रोकिएको हो । यो 0 दशमलव २६ प्रतिशतको वृद्धि हो । आज उपसूचकहरुमा समेत मिश्रित नतिजा देखिएको छ ।

आज बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् । आज २४६ धितोपत्रको ५८ हजार ६६५ वटा कारोबारबाट ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ । आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।

यस दिन आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहेका छन् । कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा धेरै ८ दशमलव ८९ प्रतिशतले गुमाएका छन् । आज एनआईसी एसिया, रिडी, पिपुल्स हाइड्रोसहितका कम्पनीको कारोबार धेरै भएको छ ।