फाइल तस्वीर
जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता यादवलाई बुधबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई १०२ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिनुभएको हो ।

पुस २७ गते ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादव जसपा संसदीय ललका नेता यादवलाई प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली काङ्ग्रेस सहित १० वटै दलले विश्वासको मत प्राप्त भएको हो । मधेश प्रदेशमा जसपा तेस्रो ठूलो दल हो भने नेकपा एमाले पहिलो दल हो ।

मुख्यमन्त्री यादवले जसपाका १६ सांसद्सहित नेकपा एमालेका २४, नेपाली काङ्ग्रेसका २२, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभामा हाल १०५ सांसद छन् । माओवादीका दुईजना सांसद्को शपथ विवादको कारण रोकिएको छ ।