फाइल तस्वीर
काठमाडौं — नेपाली सुनचाँदी बजारमा पहेंलो धातु सुनको मूल्यमा गिरावट आएको छ । बजार खुल्दा आज बुधबार छापावाल सुनको मूल्यमा हिजो मङ्लबारको तुलनामा प्रतितोला छ सय रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला एक लाख पाँच हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोकार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको आजको मूल्यअनुसार तेजावी सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोवार भएको छ । जबकी हिजो मङ्गलबार तेजावीको मूल्य प्रतितोला एक लाख चार हजार छ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँमा कारोवार भएको छ । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य घटबड हुनेगर्दछ ।