तनहुँ — तनहुँ जिल्ला अदालतले बालिका बलात्कार आरोप लागेका पल शाहलाई सफाई दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले आज अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरुद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । नाबालिग बालिका बलात्कार आरोपमा प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पलले बलात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरीमा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो ।

नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।