जनकपुरधाम– मधेश प्रदेशसभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । आज मङ्गलबार प्रदेशसभामा भएको निर्वाचनमा हाल १०५ जना सांसद कायम रहेकोमा १०३ सांसदले मतदान गरेका थिए । मण्डलको पक्षमा ७४ मत आएको थियो भने उहाँको विपक्षमा २९ मत परेको हो ।

उहाँलाई नेपाली काङ्ग्रेस र नेकपा एसका सांसदबाहेक बाँकी प्रदेशसभा सदस्यहरूले मत दिएका छन् ।