हेटौंडा — बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिनुभएको हो । उहाँलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् ।


नवनियुक्त मुख्यमन्त्री जम्कट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० एवम् प्रदेशसभा नियमावली ९पहिलो संशोधन० २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न उक्त विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा पेश गर्नुभएको थियो ।

उहाँलाई नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा ९एस० र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका थिए । मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए । उहाँको विपक्षमा ३ मत परेको थियो । प्रदेशसभामा काङ्ग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी हुनुभएन ।

११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्ने थियो । जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिनुभएको थियो । मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । मुख्यमन्त्रीले सभामुख, उपसभामुखको चयन प्रक्रिय सकिएपछि विश्वासको मत लिने तयारी गरेका कारण उहाँलाई गठबन्धनबाट विश्वासको मत लिन थप सहज भएको हो ।