काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।