हेटौंडा — बागमती प्रदेशसभाको उपसभामुखमा एमालेकी अप्सरा चापागाई निर्वाचित हुनुभएको छ । आज सोमबार प्रदेशसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनकी उम्मेदवार चापागाईंले ६१ मत पाएर निर्वाचित हुनुभएको हो ।


उपसभामुखमा ३ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी प्रस्तावहरु क्रमैसँग प्रदेशसभामा प्रस्तुत गर्ने क्रममा एमालेकी चापागाई उपसभामुखमा निर्वाचित भएपछि अन्य दुई नेपाली काङ्ग्रेसकी उम्मेदवार सुना परियार र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेको उम्मेदवारी प्रस्तावमाथि छलफल नै भएन ।