जुम्ला — जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकोे छ भने जीपमा सवार अन्यको विवरण सङ्कलन कार्य भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

आज सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जिप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिप दुर्घटनमा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार जिपमा सवार १६ जना रहेछन् । एक जनाको मृत्यु भइसकेको छ भने १४ जना घाइते भएका छन् । उनीहरूको उद्वार गरेर उपचारका लागि एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानतर्फ पठाइएको प्रहरीले जनाएको छ । उकालोमा चढ्न नसकेपछि ब्याक गर्दा जिप तल खसेको प्रहरीको अनुमान छ ।