साङ्केतिक तस्वीर
दाङ — दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१६ लेटार बस्ने २१ वर्षीय सुशील चौधरी र सोही ठाउँका १८ वर्षीय विवेक चौधरी रहेका छन् ।उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५प ९५१४ नम्बरको मोटरसाइकल घोराही १६ बेसाइमा दुर्घना हुँदा उनीहरू गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुवै जनाको शव राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।