काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।

सोमबार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ४ हजार ७ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार र तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।