हेटौंडा– बाग्मती प्रदेशको उपसभामुखका लागि तीन जनाको उम्मेदवारी परेको छ ।

आज ३ बजे हुन गइरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमालेबाट अप्सरा चापागाईँ, नेपाली काङ्ग्रेसबाट सुना परियार र नेमकिपाबाट गीता काफ्लेको उम्मेदवारी दर्ता गराएका हुन् ।

तीनै जनाको उम्मेदवारको मत चयन प्रक्रिया आज अपरान्ह ३ बजेबाट सुरु हुने प्रदेश संसद् सचिवालयले जनाएको छ ।