इस्लामावाद — पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले संयुक्त अरब इमिरेट्स (युएई) का उपराष्ट्रपति र प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मकतूमसँगको भेटमा सबै तहमा विद्यमान द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गर्नुभएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

रसिदको निमन्त्रणामा बिहीबारदेखि शुक्रबारसम्म युएईको दुईदिने औपचारिक भ्रमणमा रहनु भएका सरिफले लगानीका अवसर खोज्नका लागि दुई देशका निजी क्षेत्रबीचको सञ्चारलाई तिव्रता र सुदृढ तुल्याउनुपर्नेमा जोड दिनु भएको छ ।

शरीफले पाकिस्तान र युएईबीचको ऐतिहासिक सम्बन्धको पनि प्रशंसा गर्नुभएको र द्विपक्षीय सहयोगलाई थप अभिवृद्धि गर्न युएईको नेतृत्वसँग मिलेर काम गर्ने आफ्नो सरकारको प्रतिबद्धता दोहो¥याउनु भएको छ । राशिदले पाकिस्तानी प्रधानमन्त्रीलाई दुबईमा स्वागत गर्दै उहाँको नेतृत्वमा पाकिस्तानको प्रगति र विकासको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।