काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ६ सय ४३ जनामा पीसीआर विधिबाट तथा ७ सय ३४ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । सोही अवधिमा ४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर २८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएकोे छ ।