हेटौंडा — बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका भुवन पाठक निर्वाचित हुनुभएको छ । आज शुक्रबार बसेको प्रदेशसभा बैठकले पाठकलाई सभामुख चयन गरेको हो ।

पाठकको पक्षमा ६२ मत खसेको थियो । राप्रपाका पाठक सत्ता गठबन्धनको समर्थनमा सभामुख बन्नुभएको हो । उहाँको विपक्षमा ४९ मत प¥यो भने ७ सांसद तटस्थ रहनुभएको थियो ।

त्यसअघि काङ्ग्रेसका शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टीकी सृजना सयजु सभामुखमा पराजित हुनुभएको थियो । उहाँहरूलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो ।