काठमाडौं — साताको पाँचौं दिन कारोबारको अन्तिम दिन आज बिहीबार परिसूचक नेप्से ४१ अङ्कले घटेको छ । कारोबारको अन्तिम दिन आज नेप्से ४१ अङ्कले घटेर २१४९ अङ्कमा कायम भएको छ । अघिल्लो कारोबार दिन कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज बिहीबार ५ अर्ब ४७ करोडमा खुम्चियो । २१ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने एउटाको स्थिर रहृयो । सबैजसो उपसमूह घटेका छन् ।

बैंकिङ १५, विकास बैंक ९४, फाइनान्स ६८, होटल तथा पर्यटन ८५, जलविद्युत् ५८, जीवन बीमा ३०९, उत्पादन १३९, माइक्रोफाइनान्स ९३, निर्जीवन बीमा २३३ र अन्य उपसमूह २१ अङ्क घटेका छन् । ब्यापार उपसमूह भने १५ अङ्क बढ्यो । बाराही र सिङ्गटी हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिडी पावर, ङादी ग्रुप, अपी पावर, माथिल्लो तामाकोसी क्रमशः अगाडि रहेका छन् । यसअघि बैंकर्स एसोसिएसनको बैठकले माघदेखि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ । हाल व्यक्तिगत मुद्दतीमा १२ दशमलव १३३ प्रतिशतसम्म ब्याज दिएका वाणिज्य बैंकले माघदेखि भने ११ प्रतिशत मात्रै दिनेछन् ।