विराटनगर – प्रदेश १ को सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । आजको प्रदेशसभा बैठकमा ज्येष्ठ सदस्य गयानन्द मण्डलले एकल उम्मेदवार गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

उहाँले आजै दिउँसो शपथ लिने कार्यक्रम तय भएको बताइएको छ । ओखलढुङ्गा २ बाट निर्वाचित गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थन रहेको छ ।

प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ ।