धनगढी– सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको छ । आज अपरान्ह ४ बजे प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री रावललाई शपथ ग्रहण गराउनुहुनेछ ।

२९ सांसदको समर्थनसहित बुधवार साँझ प्रदेश प्रमुख जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले आलोपालो गर्ने सहमति भए अनुसार एमालेले मुख्यमन्त्री दावी गर्दा सभामुख माओवादीको भाग परेको छ ।

माओवादीको भागमा परेको सभामुखमा माओवादीका भीमबहादुर भण्डारी र नेपाली काङ्ग्रेसबाट मान बहादुर रावलले पनि उम्मेदवारी दर्ता गरी सक्नुभएको छ ।