फाइल तस्वीर


काबुल– अफगानिस्तानमा आत्मघाती बम विस्फोट भएको छ । उक्त बम विस्फोटमा परी कम्तिमा २० जना नागरिकको मृत्यु भएको तालिबान अधिकारीलाई उद्धृत गर्दैै समाचारमा जनाइएको छ ।

विदेश मन्त्रालय नजिक भएको उक्त विस्फोटमा परी ४० जनाभन्दा बढी मानिस घाइते भएका छन् । बम विस्फोट भएको क्षेत्रमा चीन, टर्कीलगायतका धेरै देशका दूतावास रहेका छन् । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिवानी सरकारले जनाएको छ । अफगानी सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिंदै त्यसको बदला लिने चेतावनीसमेत दिएको छ ।

अफगानिस्तामा अहिले भएको आक्रमण चिनियाँ अधिकारीहरु र अफगानिस्तानका अधिकारीहरुबीच विदेश मन्त्रालयभित्र छलफलको तयारी भैरहेको बेला बम विस्फोट भएको थियो । गत वर्ष तालिवान विद्रोहीले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि त्यहाँ बेलाबेलामा ठूला आक्रमणका घटनाहरु घटिरहेका छन् । अफगानिस्तानमा भएका प्राय सबै ठूला आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिंदै आएको छ । यो आक्रमणको जिम्मा पनि इस्लामिक स्टेटले लिएको छ ।