धनगढी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२)अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
रावललाई नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थन रहेको छ । उहाँ कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट एमालेको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

उहाँले भोलि बिहीबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ ।