धनगढी— सुदूरपश्चिम प्रदेशसभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य भीमबहादुर भण्डारी र नेपाली काङ्ग्रेसबाट मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो । सभामुख चयनका लागि भोलि निर्वाचन हुनेछ ।

भण्डारीको प्रस्तावकमा एमालेका जानकी बम ऐर र समर्थकमा माओवादीका गीतादेवी माल रहनुभएको छ । भण्डारी बझाङको प्रदेशसभा क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गठबन्धनबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीले सभामुखमा उम्मेदवारी दिएको छ ।