वीरेन्द्रनगर – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन् । मुख्यमन्त्रीमा दाबी पेश गर्न केही घण्टा मात्रै बाँकी रहँदा मुख्यमन्त्री आलोपालो बन्न दुई दलबीच समझदारी भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णाली प्रदेशमा दुई दलको बैठकले आलोपालो नेतृत्व गर्ने समझदारी गरेको हो ।

अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुइ वर्षका लागि मुख्यमन्त्री बन्नेछन् । त्यसपछिको साढे दुई वर्ष नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले नेतृत्व गर्नेछन् ।

यो सहमति सँगै दुवै दलका नेताहरु प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा लागेका छन् । आजै प्रदेश प्रमुख सामु शर्माले मुख्यमन्त्री दाबी पेश गर्दैछन ।