फाइल तस्वीर


रुपन्देही– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त हुनुभएको । लुम्बिनी प्रदेश नेकपा एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले आज बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री गिरीलाई प्रदेश प्रमुख शेरचनले बधाई दिँदै सफल कार्यकालको कामनासमेत गर्नुभएको छ । एमाले संसदीय दलका नेत गिरीलाई उक्त प्रदेशको मुख्यमन्त्री बनाउने नेकपा एमालेका २९ जनासहित माओवादी केन्द्रका १० जना, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार÷चार जना, जनता समाजवादी पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना, जनमत पार्टीका तीन जना र स्वतन्त्र दुई गरी ५८ जना सांसदले गिरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दावी गरेका थिए ।

यस प्रदेशसभामा नेपाली काङ्ग्रेसका २७ जना र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य रहेका छन् । उनीहरुले मुख्यमन्त्री गिरीलाई समर्थन गरेको छैनन् । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।