मधेश प्रदेश —जनता समाजवादी पार्टी (जसपा)मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेपालको संविधानको धारा १६८ (२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आज नै मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । नेता यादवलाई नेकपा एमाले (२३), जसपा (१६)जनमत पार्टी (१३), माओवादी केन्द्र (आठ) राप्रपा र नागरिक उन्मुक्ति पार्टी एक÷एकसहित दुई जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।

समर्थन गर्ने स्वतन्त्र सांसदहरुमा सुरिता कुमारी साह र अनिरुद्रकुमार सिंह रहनुभएको छ । मधेश प्रदेशसभामा छ जना स्वतन्त्र रहनुभएको छ । सरकार गठनको दाबी पेस गर्न बिहीबार दिउँसो ४ बजेसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।