काठमाडौं — साताको तेस्रो कारोबार दिन आज मङ्गलवार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर घटेको हो ।

आज नेप्से परिसूचक २१ दशमलव ३५ अङ्क घटेर २१९० दशमलव ४२ बिन्दुमा झरेको छ । त्यस्तै, त्यसैगरी,सेन्सेटिभ इण्डेक्स ० दशमलव ७५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलव ३२ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव १७ अङ्कले घटेको छ ।

आज कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता शेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिना यताकै उच्च भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो । जसमा बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको बढेको छ । त्यस्तै,वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलवार नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । यता, तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य करिव ९ प्रतिशत घटेको छ । आज ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।