बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, फाइल तस्वीर


ढाका — चिनियाँ विदेशमन्त्री छिन कङ र आफ्ना बङ्गलादेशी समकक्षी एके अब्दुल मोमेनबीच मङ्गलबार बिहान संक्षिप्त भेटवार्ता भएको छ । अफ्रिकी मुलुकहरुको भ्रमणका क्रममा दुई समकक्षीबीच बङ्गलादेशको राजधानीमा स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।

दुई देशका विदेशमन्त्रीबीचको भेटवार्ताले चीन र बङ्गलादेशबीचको मित्रताको उच्च चर्चा गरेको चिनियाँ विदेशमन्त्री छिन् कङले बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दुवै देशले नयाँ वर्षमा द्विपक्षीय सम्बन्धलाई संयुक्त रूपमा अगाडि बढाउन सञ्चार र आदानप्रदानलाई सुदृढ गर्न सहमत हुनुभएको समाचारमा जनाइएको छ ।