फाइल तस्वीर

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तेगरी तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।