फाइल तस्वीर
जनकपुरधाम — मधेस प्रदेशको मुख्यमन्त्री आज मङ्गबार जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेताले दावी पेस गर्नुहुने भएको छ । निवर्तमान सभामुख सरोज यादवले बहुमतको सहित मुख्यमन्त्रीमा दावी पेश गर्न लाग्नु भएको हो ।

जनता समाजवादी पार्टीको प्रदेश संसदीय दलको नेतामा यादव हिजो चयन हुनुभएको थियो । सोमबार दलको नेता चयन गरेको जसपाले आज मङ्गलबार दावी पेश गर्ने जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले बताउनु भएको छ । सरकार गठनका लागि प्रदेशसभामा १६ जना मात्र सांसद रहेको जसपालाई नेकपा माओवादीको २३, जनमत पार्टीको १३, माओवादी केन्द्रको ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र उन्मुक्ति पार्टीका १र१ जनासहित कुल ६२ जना सांसदको समर्थन रहेको बताइएको छ । समर्थन गर्ने नेकपा माओवादीबाहेक सबै दलले दलको नेता चयन गरिसकेका छन् ।

मधेस प्रदेशमा कुल १०७ जना प्रदेशसभा सदस्य रहेका छन् । मधेसमा काङ्ग्रेस प्रमुख प्रतिपक्ष भूमिकामा रहने छ । लोसपा र नेकपा एकीकृत समाजवादी पनि प्रतिपक्ष नै रहने सम्भावना छ । मुख्यमन्त्रीको शपथग्रहण पुस २९ गते हुने तयारी भइरहेको छ । प्रदेश प्रमुखले पुस २८ गते भित्र २ वा सोभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गर्नुभएको छ ।