काठमाडौं — सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता हुने भएको छ । आज अपराह्न ४ः३० बजे दुई बैंकबीच गाभिने सम्झौताबारे छलफल भएको हो ।

सनराइज बैंकका एक सञ्चालकका अनुसार मेरियट होटलमा प्रारम्भिक सम्झौता कार्यक्रम आयोजना गरिएको छ । ती सञ्चालक भन्छन्, ’१ अनुपात १ को स्वाप रेसियोमा मर्जर सम्झौता हुन लागेको हो ।’

बैंकको नाम लक्ष्मी सनराइज बैंक लिमिटेड हुनेछ । मर्जरपछि हुने बैंकको चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।