फाइल तस्वीर

कास्की — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

गण्डकी प्रदेशको कुल ६० सदस्यीय प्रदेश सभामा एमालेका २२ जना, माओवादी केन्द्रका आठ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३३ जनाको समर्थनमा अधिकारी मुख्यमन्त्री बन्नुभएको हो ।