फाइल तस्वीर
हेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जमकट्टेलले नियुक्त हुनुभएको छ ।

कुल १ सय १० संसद सङ्ख्या रहेको बागमती प्रदेशसभाका ७० जना प्रदेशसभा सदस्यहरुको समर्थनसहित दावी पेश गर्नुभएका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

धादिङ जिल्लाबाट प्रदेशसभा सदस्यमा निर्वाचित नवनियुक्त मुख्यमन्त्री जमरकट्टेल यस अघि उक्त प्रदेशको विभिन्न मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ ।