काठमाडौं– साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलाको १ लाख ३ हजार ९ सय कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजाबी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो । यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।