फाइल तस्वीर


विराटनगर – एक नम्बर प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता हिक्मत कार्कीले दावी प्रस्तुत गर्नुहुने भएको छ । प्रदेश एकको नयाँ बन्ने सरकारको मुख्यमन्त्रीको लागि उहाँले दावी गर्न लाग्नु भएको हो ।

मुख्यमन्त्रीमा दावी गर्नुभएका कार्कीलाई नेकपा एमालेसहित, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश एकका प्रमुख परशुराम खापुङले आज आइतबार ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको थियो । आज आइतबार अपरान्ह ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख खापुङसमक्ष दावी पेश गर्ने तयारी छ ।

कुल ९३ सदस्यीय एक नम्बर प्रदेशको प्रदेशसभामा सरकार गठनको लागि ४७ मत आवश्यक पर्दछ । प्रदेशसभामा नेकपा एमालेको ४०, नेपाली काङ्ग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ सिट र जनता समाजवादी पार्टीको १ जना सांसद रहेका छन् ।

सरकार गठनका लागि एमाले संसदीय दलका नेता हिक्मल कार्कीको पक्षमा ६० जना सांसद छन् । कार्की उक्त प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित् प्राय छ ।