फाइल तस्वीर


कास्की — पोखरामा जारी आहारारा पोखरा गोल्डकपको फाइनलमा अमेरिकी क्लब भुटनिज युथ स्पोर्टस् क्लब (बीवाईएससी) प्रवेश गरेको छ । पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकप अन्तर्गत आज पोखरा रङ्गशालामा आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज क्लबलाई १–० ले हराउँदै बीवाईएससीले फाइनल यात्रा तया गरेको हो ।

निकै प्रतिस्पर्धात्मक उक्त खेलको पहिलो हाफको अतिरिक्त समयमा बीवाईएससीले अग्रता लिएको थियो । मध्यान्तर हुने इन्जुरी समयको ४६ औं मिनेटमा बीवाईएससीका लागि रोजिन प्रजापतिले प्रविन बस्नेतको पासमा उनले सुन्दर तरिकाले हेडमार्फत् गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।

चर्च ब्वाइज खेलमा फर्कने प्रयास गरेता पनि बीवाईएससीको सामु हार व्यहोर्न बाध्य भयो । खेलको पूर्वाधको ८३ औं मिनेटमा पुग्दा चर्च ब्वाइजका खेलाडी आशिष चौधरीले रातो कार्ड पाएर मैदान छाडेपछि चर्च ब्वाइज क्लब १० खेलाडीमा सीमित भएको थियो । चौधरीले बल खोस्ने क्रममा बीवाईएससीका डाइलो इराकागलाई लडाएपछि रातो कार्ड पाएका थिए ।

उपाधिका लागि अब अमेरिकी क्लब बीवार्ईएससीले पुस २३ गते शनिबार सङ्कटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।