काठमाडौं – सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ नाघेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आजको यो मूल्य २०७९ कै उच्च हो । आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ३ हजार एक सय रुपैयाँ पुगेको छ ।

यस्तै तेजावी सुनको मूल्य एक लाख २ हजार ६ सय र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ तोकिएको छ । महासङ्घकाअनुसार आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको मूल्य एक लाख २ हजार ९ सय, तेजावी सुनको मूल्य १ लाख २ हजार ४ सय र चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।