काठमाडौं – इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथमाथि ३–० गोलको सहज जित हात पारेको छ ।

गएराति भएको खेलमा युनाइटेडलाई जित दिलाउने क्रममा क्यासमिरो, लुक श र मार्कस रासफोर्डले समान १/१ गोल गरेका थिए । यससँगै युनाइटेडले लिगमा १७ खेलबाट ३५ अङ्क हात पारेर चौथो स्थानमा रहेको छ ।

यसअघि लिगका सुरुवाती खेलमा राम्रो प्रदर्शन गर्न नसकेको युनाइटेड पछिल्लो समय भने लयमा देखिएको छ । युनाइटेडले लिगका पछिल्लो चार खेलमा जित हात पारेको छ ।