काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार नेप्से परिसूचकमा ३ अङ्कको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७÷१७ अङ्कले बढेको नेप्से आज तेस्रो दिन आएर ३ अङ्कले ओराले लागेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३ दशमलव ०३ अङ्कले घटेर २०६१ दशमलव ०६ विन्दुमा झरेको छ । यद्यपि, आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै ३ अर्ब ४५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र ट्रेडिङ समूहको उपसूचक बाहेक ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।