प्रतिकात्मक तस्वीर, फाइल तस्वीर

मेक्सिको — देशको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको कारागारमा अज्ञात बन्दुकधारी समूहले आक्रमण गर्दा दशजना सुरक्षाकर्मीसहित १४ जनाको ज्यान गएको छ । चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका अनुसार हातहतियार बोकेर ठूलो सङ्ख्यामा आएको बन्दुकधारीको समूह जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार भएको र उक्त आक्रमणमा परी अन्य १३ जनासमेत घाइते भएको र उनीहरुकोस्थानीय अस्पतालमा उपचार भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

कारागारमा रहेका सुरक्षाकर्मीले पनि जवाफी कारबाही गर्दा दुई जना बन्दुकधारीको मृत्यु भएको बताइएको छ । जेलमा थप सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइएको छ । हतियारधारी जत्थाले आफ्नो समूहका व्यक्तिलाई छुटाउन कारागारमा आक्रमण भएको अनुमान गरिएको छ ।

आक्रमणको फाइदा उठाउँदै बन्दी जीवन विताइरहेका २४ जना कैदीहरु भागेका छन् । भागेका कैदीहरुको खोजी भइरहेको समाचारमा जनाइएको छ ।