काठमाडौं – काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । अहिले बिहान ९ बजे विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धात्मक खेल हुँदैछ ।

अर्को खेल दिउँसो १ बजे हुनेछ । दोस्रो खेलमा लुम्बिनी अल स्टारर्स र जनकपुर रोयल्स खेल्नेछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा जनकपुरले फार वेष्ट युनाइटेडलाई ८२ रनले हराएको थियो भने काठमाडौँ, पोखरा एभेन्जर्ससँग ५ विकेटले पराजित भएको थियो ।