काठमाडौं – साताको दोस्रो दिन आज सोमबार पनि लगातार सेयर बजार परिसूचक नेप्सेमा १७ अङ्कको वृद्धि भएको छ । अघिल्लो दिन १७ अङ्कले बढेर २०४६ विन्दुमा पुगेको नेप्से परिसूचक पुनः सोमबार पनि १७ अङ्कले नै बढ्दै २०६३ दशमलव ८३ अङ्कको विन्दुमा उक्लिएको हो ।

तर, अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घट्न पुगेको छ । अघिल्लो दिन आइतबार ४ अर्ब ४ करोड ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज सोमबार २ अर्ब ९६ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

आज पनि नबिल बैंक उच्च कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ बराबर गरेको छ । यस्तै, दोस्रोमा हिमालय डिस्टिलरीको १६ करोड ६४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज म्यानु एण्ड प्रो, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था र सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले आज १०÷१० प्रतिशतले कमाएका छन् भने एनएमबी ५० का लगानीकर्ताले ४ दशमलव ८० प्रतिशतले गुमाउन पुगेका छन् ।