फाइल तस्वीर
दाङ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशसभाका सांसद जोखबहादुर महरा लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेता चयन हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा रोल्पा १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित महरालाई माओवादी केन्द्रको प्रदेशसभा संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा सदस्यहरूको बैठकले महरालाई सर्वसम्मत रूपमा दलको नेता बनाएको हो । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जोखबहादुर महरा नै हुने भन्ने निश्चित थियो ।
पार्टी स्थायी समितिका सदस्य समेत रहनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको उपस्थित सो बैठकले महरालाई संसदीय दलको नेतामा सर्वसम्मतमा बनाएको थियो । उक्त प्रदेशसभामा माओवादी केन्द्रका नौ जना प्रदेशसभा सदस्य रहेका छन् ।