देउखुरी – नेपाल कम्युनिस्ट पार्टी एमाले लुम्बिनी संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन हुनुभएको छ । बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज लीला गिरीलाई सर्वसम्मत चयन गरेको हो । बैठकले चेतनारायण आचार्यलाई उपनेता चयन गरेको छ ।

आज आइतबार सांसदहरूको शपथ ग्रहणपछि दाङको देउखुरीमा बसेको बैठकले दुवै नेतालाई सर्वसम्मत चयन गरेको सांसद भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

संसदीय दलको नेतामा चुनिनुभएका गिरी रुपन्देही २ को १ बाट विजयी हुनुभएको थियो भने उपनेता आचार्य अर्घाखाँची १ बाट निर्वाचित हुनुुभएको हो । यसअघि दुवैजना दलको नेतामा आकाङ्क्षी भएपनि नेतृत्वले सहमतिमा टुङ्ग्याएको हो ।