काठमाडौं – आज आइतबार देखि कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभिएर (मर्ज भएर) एकीकृत कारोबार सुरु भएको छ । अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टङ्गालमा रहन भएको हो ।

गत मङ्सिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गरेको थियो । बैंकहरुले गत असोज १० गते मर्जरमा जाने सम्झौता पनि गरेका थिए । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बैकहरुको एकीकृत कारोबार भएपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ गते स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।