साङ्केतिक तस्वीर

हेटौँडा – मकवानपुरमा पिकअप दुर्घटना भएको छ । आज बिहान त्रिभुवन राजपथ अन्तर्गत हेटौँडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नम्बरको पिकअप भीमफेदी–२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

दुर्घटनामा बारा विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षका राहुलकुमार पण्डितको मृत्यु भएको छ । पण्डितको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा विश्रामपुर गाउँपालिकाकै अजय चौरसिया,भारत झारखण्ड बस्ने वर्ष ३६ को विजय दास, वीरगन्ज महानगरपालिका १७ बस्ने वर्ष १८ को सुमित गुप्ता, सोही स्थानका वर्ष २६ का दिनानाथ प्रसाद, बारा बिश्रामपुर गाँउपालिका वडा नम्बर ३ मुसरहवा बस्ने शिवजी साह, धिरज चौरसियापप्पु कुमार गुप्ता र उमेश कुस्वाह घाइते भएका छन् । उनीहरूको हेटौँडाको विभिन्न स्थानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।