काठमाडौं – नेपाल राष्ट्र बैंकका झण्डै एक दर्जन कार्यकारी निर्देशकहरुको सरुवा भएको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले ९ जना कार्यकारी निर्देशकहरुको विभागीय सरुवा गरेको हो ।
आज पुस १७ गते आइतबारदेखि लागू हुनेगरि हाल वित्तीय संस्था सुपरिवेक्षण विभाग प्रमुख रहेका पिताम्बर भण्डारी, सूचना प्रविधि विभाग प्रमुख रहेका प्रदिप पौड्याल, मौद्रिक व्यवस्थापन विभागका नरेश शाक्य, लघुवित्त संस्था सुरिवेक्षण विभागका सुमन कुमार अधिकारीको सरुवा गरेको हो । यी कार्यकारी निर्देशहरुको क्रमशः मौद्रिक व्यवस्थापन विभाग, गैह्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, मुद्रा व्यवस्थापन विभाग र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको हो ।
यस्तै, हालसम्म आन्तरिक लेखा परिक्षण विभाग प्रमुख रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षणमा, बैंकिङ विभाग प्रमुख राम बहादुर मानन्धरलाई सूचना प्रविधि विभागमा सरुवा भएको छ । त्यसैगरी संस्थागत योजना विभाग प्रमुख दयाराम शर्मालाई बैंकिङ विभाग र गैह्र बैंकिङ विभागका प्रमुख विमलराज खनाललाई आन्तरिक लेखा परिक्षण विभागमा सरुवा गरिएको छ ।