कैलाली – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ । आज आइतबार बसेको संसदीय दलको बैठकले दलको नेतामा खगराज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

भट्ट स्थायी समिति सदस्य तथा प्रदेश इञ्चार्जसमेत हुनुहुन्छ । शनिबारको बैठकमा सहमति नभएपछि पुनः आज आइतबार बसेको बैठकले भट्टलाई दलको नेतामा चयन गर्दै माओवादीको नेतृत्वमा सरकार बनाउन पहल गर्ने जिम्मा पनि दिएको छ ।